Kathmandu Press

दाहालको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

अध्यक्ष ओलीले आज एक ट्विट गर्दै दाहालको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको जनाएका हुन्।
दाहालको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

काठमाडाैं, असार २७ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले आज एक ट्विट गर्दै दाहालको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको जनाएका हुन्। उनले दिवङ्गत दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन्। 

नर्भिक अन्तर्राष्ट्रिय अस्पताल उपचारका क्रममा आज बिहान ८ः३३ बजे दाहालको निधन भएको थियो। दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

प्रकाशित मिति: १४:२१ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्