Kathmandu Press

पूर्वराजा शाहद्वारा सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त

पूर्वराजा शाहले सीता दाहालको अन्तिम बिदाइका लागि पार्थिव शरीर राखिएकाे पेरिसडाँडामा आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई पठाएका थिए।
पूर्वराजा शाहद्वारा सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं, असार २७ : पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

पूर्वराजा शाहले सीता दाहालको अन्तिम बिदाइका लागि पार्थिव शरीर राखिएकाे पेरिसडाँडामा आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई पठाएका थिए।

पेरिसडाँडामा पुगेर महर्जनले पूर्वराजाको तर्फबाट सीताप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री दाहालसहित शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको जनाइएकाे छ। 

सीता दाहालको बुधबार बिहान राजधानीको नर्भिक अस्पतालमा निधन भएको थियो। उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदैछ।

प्रकाशित मिति: १४:०७ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्