Kathmandu Press

दाहालको निधनमा भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमार्फत सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली र दाहालको परिवारमा समवेदना प्रकट गरेका छन्।
दाहालको निधनमा भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

काठमाडौं, असार २७ : प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमार्फत सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली र दाहालको परिवारमा समवेदना प्रकट गरेका छन्।

मोदीले सीता दाहालको निधनको खबरले मर्माहत भएकोसमेत ट्विटरमा उल्लेख गरेका छन्।

‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। पुष्पकमल दाहालप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु,’ मोदीले ट्विटरमा लेखेका छन्।

प्रकाशित मिति: १३:४९ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्