Kathmandu Press

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं, असार २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

 सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले दिंगत सीताको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय भएको जानकारी दिएकी छन्।

‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ,’ मन्त्री शर्माले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ।

360073423_586981313615492_3742621085056941457_n1689148890.jpg

 

प्रकाशित मिति: १३:४४ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्