Kathmandu Press

प्रधानमन्त्री पत्नीको शोकमा संसदीय समिति बैठक स्थगित

समितिका सदस्यहरु श्रदाञ्जलीका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडा पुगेका छन्।
प्रधानमन्त्री पत्नीको शोकमा संसदीय समिति बैठक स्थगित

काठमाडौं, असार २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा शोक मनाउन संसदीय समितिका बैठकहरू स्थगित हुने भएका छन्।

समितिका सदस्यहरु श्रदाञ्जलीका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडा पुगेका छन्।

अर्थ समितिको बैठक ११ बजे तथा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक १ बजेका लागि तय गरिएको थियो।

प्रधानमन्त्री पत्नी दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो।
 
प्रकाशित मिति: १३:३४ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्