बेलायतकी कार्यवाहक राजदूत पिप्पा बर्डद्वारा जनसंख्यामन्त्रीसँग शिष्टाचार भेटवार्ता
बुधबार मन्त्रालयमा भएको भेटवार्तामा स्वास्थ्य क्षेत्रमा भएको दुई पक्षीय सहयोग र सम्झौताका विषयमा कुराकानी भएको थियो।
काठमाडाैं, असार २७ : बेलायती राजदूतावासकी कार्यवाहक राजदूत पिप्पा बर्डले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसंग शिष्टाचार भेटवार्ता गरेकी छन्।
बुधबार मन्त्रालयमा भएको भेटवार्तामा स्वास्थ्य क्षेत्रमा भएको दुई पक्षीय सहयोग र सम्झौताका विषयमा कुराकानी भएको थियो।
भेटका क्रममा मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास अपेक्षा रहेको बताए।
सो क्रममा कार्यबाहक राजदूत बर्डले नेपाल र बेलायतबीच पुरानो दौत्यसम्बन्ध भएको बताएका थिए। त्यस्तै उनले नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरण गर्दै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्विमा सहयोग गर्न बेलायत सरकार प्रतिबद्ध रहेको उल्लेख गरेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १३:१५ बजे, बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)