सीताको बिदाइमा शोकमग्न पेरिसडाँडा (तस्बिरहरू)

काठमाडाैं, असार २७ : माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ।
थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ६९ वर्षको उमेरमा दाहालको आज (बुधबार) बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्रा.डा. युवराज शर्माले जानकारी गराएका थिए।

सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ। प्रधानमन्त्री दाहालले सीताको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए। छोरीहरु रेणु, गंगा, बुहारी बिनालगायत भक्कानिँदै र सम्हालिँदै गरेको देखिएकाे छ।
अहिले दाहाललाई श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सर्वसाधारण, आफन्तजन र शुभेच्छुकको भिड लागेको छ। नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण पनि श्रद्धाञ्जली अर्पण गर्न पेरिसडाँडामा पुगेका छन्।
1689146753.jpg)
आजै पशुपति आर्यघाटमा सीता दाहालकाे दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन्। उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो।
दाहाल माओवादी केन्द्रको सल्लाहकार थिइन्। दाहालको निधनपछि पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, उद्योगी, व्यवसायी, पार्टीका नेता कार्यकर्तालगायत शुभेच्छुकहरु अस्पताल पुगेका थिए।

उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु नर्भिक अस्पतालमै पुगेर सीता दाहाललाई श्रद्धाञ्जली अर्पण ग गर्नुका साथै पत्नी शोकमा परेका प्रचण्डसहितका परिवारजनप्रति समवेदना प्रकट गरेका थिए।

















![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)