Kathmandu Press

श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा

सीताको पार्थिव शरीर दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखने छ।
श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा

काठमाडौं, असार २७ : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा राखिएको छ।

सीताको पार्थिव शरीर दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखने छ।

प्रधानमन्त्री पत्नी सीताको आज बिहान ८ः३३ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो।

सीतालाई श्रद्धाञ्जली दिन शीर्ष नेता तथा पारिवारिक सदस्यहरु नर्भिक अवस्पतलामै पुगेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेकपा एसका अध्यक्ष माधव नेपाल, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठगयतका नेताहरु नर्भिक अस्पताल सीतालाई श्रद्धाञ्जली दिन नर्भिक अस्पताल पुगेका थिए।

उनको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ।

प्रकाशित मिति: १२:११ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्