राष्ट्रपतिद्वारा सीता दाहालको निधनमा दुःख व्यक्त
राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन्।
काठमाडौं, असार २७ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका छन् ।
लासो समयदेखि बिरामी रहेकी सीतालाई बुधबार बिहान अक्जिनको मात्र एक्कासी कम भएपछि उनलाई नभिर्क अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो ।
प्रकाशित मिति: ११:३४ बजे, बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)