Kathmandu Press

सीता दाहालको आजै अन्त्येष्टी गरिने, ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जीका लागि राखिने

अन्त्येष्टी अघि सीता दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ।
सीता दाहालको आजै अन्त्येष्टी गरिने, ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जीका लागि राखिने

काठमाडौं, असार २७ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दहालको आजै अन्त्येस्ष्टी गरिने भएको छ।

बुधबार बिहान साढे ८ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएकी उनको दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्त्येष्टी गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सीता दाहाल गम्भीर प्रकारको नशासम्बन्धी रोगबाट लामो समयदेखि पीडित थिइन् । बुधबार बिहान बिहान एक्कासी शरीरमा अक्सिजनको मात्रा घटेपछि उनलाई नर्भिक पु¥याइएको थियो ।

अन्त्येष्टी अघि सीता दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ। पार्थिव शरीरलाई बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका राखिने बताइएको छ।

 

प्रकाशित मिति: १०:२४ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्