Kathmandu Press

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

नर्भिक अस्पतालमा उपचारका क्रममा उनका बुधबार बिहान साढे ८ बजे उनको निधन भएको हो।
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं, २७ असार  : प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा उनका बुधबार बिहान साढे ८ बजे उनको निधन भएको हो।

अक्सिजन मात्रा घटेपछि उपचारका लागि उनलाई बुधबार बिहान अस्पताल पुर्‍याइएको थियो। उनी लामो सयमदेखि बिरामी थिइन्।

प्रधानमन्त्री दाहाल प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन्।

उनकाे पार्थिव शरीर बिहान ११ बजेसम्म पार्टी कार्यालयमा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ। सचिवालयका अनुसार उनकाे आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

 

प्रकाशित मिति: ०९:१६ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्