Kathmandu Press

समाजवादी मोर्चाको बैठक बस्दै, प्रदेशमा कार्यक्रमको तयारी

समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न सातै प्रदेशमा कार्यक्रम गर्दैछ। त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो । साउन ७–८ पछाडि सातै प्रदेशमा मोर्चा गठनको उद्देश्य, हाम्रो कार्यनीति, कार्यदिशाबारे जानकारी गराउने बैठकको एजेण्डा रहेको छ । 
समाजवादी मोर्चाको बैठक बस्दै, प्रदेशमा कार्यक्रमको तयारी

काठमाडौं, असार २७ : समाजवादी मोर्चाको बैठक बुधबार अपराह्न बस्दैछ। बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो।

समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न सातै प्रदेशमा कार्यक्रम गर्दैछ। त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो । साउन ७–८ पछाडि सातै प्रदेशमा मोर्चा गठनको उद्देश्य, हाम्रो कार्यनीति, कार्यदिशाबारे जानकारी गराउने बैठकको एजेण्डा रहेको छ । 

समाजवादी मोर्चाले सदस्य दलहरूबाट एक–एकजना प्रतिनिधि रहेको एउटा कार्यदल पनि बनाएको थियो। मोर्चाको कार्यदिशा, समाजवादी आन्दोलनको स्वरूप तयार पार्न गठन गरिएको कार्यदलले तयार पारेको दस्तावेजमाथि पनि आज छलफल हुने उनले बताए।

कार्यदलमा माओवादी केन्द्रका तर्फबाट महासचिव देव गुरूङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, जनता समाजवादीबाट राजेन्द्र श्रेष्ठ र नेकपाबाट खड्गबहादुर विश्वकर्मा सदस्य छन्।

मोर्चाको अघिल्लो बैठकले उनीहरूलाई कार्यादेश दिएको थियो।

मोर्चाको अघिल्लो बैठकले आलोपालो अध्यक्षता गर्ने र नेतृत्व ६–६ महिनामा चक्रीय हिसाबले परिवर्तन हुने निर्णय गरेको थियो। मोर्चाको अहिलेको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन्।

मोर्चामा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आवद्ध छन्। विप्लवबाहेक तीनैवटा सत्ता घटक पनि हुन्।

प्रकाशित मिति: ०८:३८ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्