मन्त्रीहरूले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै
बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
काठमाडौं, असार २७ : संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।
बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० पारित गर्न प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: ०८:११ बजे, बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)