केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डालाई अन्तिम रूप दिनेछ । कांग्रेस केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदै छ ।
काठमाडौं, असार २७ : नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।
बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डालाई अन्तिम रूप दिनेछ । कांग्रेस केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदै छ । अघिल्लो बैठकको ठिक एक वर्षपछि आज बैठक बस्न लागेको हो ।
विधानअनुसार कांग्रेसको केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा बस्नुपर्ने भएपनि बस्न सकेको थिएन् ।
प्रकाशित मिति: ०७:५२ बजे, बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











