भानु जयन्तीमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट सूचना जारी गर्दै असार २९ गते भानुजयन्तीका अवसरमा बिदा दिएको हाे।
कास्की, असार २६ : भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।
गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट सूचना जारी गर्दै असार २९ गते भानुजयन्तीका अवसरमा बिदा दिएको हाे।
‘गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।
प्रकाशित मिति: २०:४६ बजे, मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
