Kathmandu Press

ललिता निवास प्रकरण : भूमि व्यवस्था विभागका पूर्वनिर्देशक श्रेष्ठ पक्राउ

श्रेष्ठले उठाएको टिप्पणीकै आधारमा तत्कालीन भोगाधिकारी सुवर्ण शमशेर राणाका परिवारले २०४९ सालमा ११२ रोपनी ४ आना जग्गा हडपेका थिए। यसमा कर्मचारी, भूमाफिया र व्यापारीको संलग्नता खुलेको थियो।
ललिता निवास प्रकरण : भूमि व्यवस्था विभागका पूर्वनिर्देशक श्रेष्ठ पक्राउ

काठमाडौं, असार २६ : बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले श्रेष्ठलाई मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो।

२०४९ सालमा भूमि विभागमा शाखा अधिकृत छँदा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हालसाविक गर्न टिप्पणी उठाएको खुलेपछि सिआईबीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले उठाएको टिप्पणीकै आधारमा तत्कालीन भोगाधिकारी सुवर्ण शमशेर राणाका परिवारले २०४९ सालमा ११२ रोपनी ४ आना जग्गा हडपेका थिए। यसमा कर्मचारी, भूमाफिया र व्यापारीको संलग्नता खुलेको थियो।

ललिता निवास जग्गा प्रकरणमा मंगलबार नै तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठ पनि पक्राउ परिसकेका छन्।

प्रकाशित मिति: २०:१२ बजे, मंगलबार, असार २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्