होलिकप्टर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याइयो
अल्टीच्युड एयरको हेलिकप्टरमार्फत सुरुमा ४ र पछि २ जनाकाे शव काठमाडौं ल्याइएको हाे।
काठमाडौं, असार २६ : सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ । अल्टीच्युड एयरको हेलिकप्टरमार्फत सुरुमा ४ र पछि २ जनाकाे शव काठमाडौं ल्याइएको हाे।
६ वटै शव पाेस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो।
मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी हेलिकप्टर लिखुपिके गाउँपालिका–५ को लामजुरा क्षेत्रमा दुर्घटना भएको थियो। सो दुर्घटनामा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन नागरिकको मृत्यु भएको थियो।
मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक छन् ।
प्रकाशित मिति: १९:०१ बजे, मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











