Kathmandu Press

ललितपुरले विभिन्न स्थानमा सुनको सिक्री लुटपाट गर्ने तीन जना पक्राउ

ललितपुर प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै स्कुलमा बालबालिका लिन र पुराउन जाने महिलाहरुले लगाएको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको जनाएको हो।
ललितपुरले विभिन्न स्थानमा सुनको सिक्री लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडाैं, असार २६ : जिल्ला प्रहरी परिसर ललितपुरले विभिन्न स्थानमा सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ।

ललितपुर प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै स्कुलमा बालबालिका लिन र पुराउन जाने महिलाहरुले लगाएको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको जनाएको हो।

पक्राउ पर्नेमा लोलिनकाजी महर्जन, रविन्द्र महर्जन र रोहन नेपाली रहेको प्रहरीले जनाएको छ। ललितपुरमा असार १७ गतेदेखि १९ गतेसम्म भएका सुनको सिक्री लुटपाट घटनामा सिसिटिभि फुटेजका आधारमा अनुसन्धान गर्दा स्कुटर र मोटरसाइलकको प्रयोग गरि लुटपाट गरेको देखिएको र तीन जनालाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए।

घटनाको मुख्य योजनाकार लोलिनकाजी महर्जन यसअघि पछि चोरी र लागु औषध मुद्दामा पक्राउ परिसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १८:३५ बजे, मंगलबार, असार २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्