Kathmandu Press

सरकारको ध्यान सुशासन र विकासमा केन्द्रित : मन्त्री गुरुङ

मंगलबार ललितपुर जिल्ला समन्वय समितिको जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले मुलुकमा राजनीतिक लडाई सकिएकाले अव सरकारको ध्यान सुशासन र बिकासमा केन्द्रित रहेको बताएकी हुन्।
सरकारको ध्यान सुशासन र विकासमा केन्द्रित : मन्त्री गुरुङ

काठमाडाैं, असार २६ : सहरी विकास मन्त्री सीता गुरुङले सरकारको ध्यान सुशासन र विकासमा केन्द्रित रहेको बताएकी छन्।

मंगलबार ललितपुर जिल्ला समन्वय समितिको जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले मुलुकमा राजनीतिक लडाई सकिएकाले अव सरकारको ध्यान सुशासन र बिकासमा केन्द्रित रहेको बताएकी हुन्।

उनले विदेशमा नभई नेपालमा नै अवसरको खोजी गर्दै मुलुकको समृद्धिमा लाग्न आह्वान गरे। मन्त्री गुरुङले अहिले सबै समस्या समधानका लागि सिंहदरबारमा आउनुपर्ने अवस्थाको अन्त्य भइसकेको अवस्थामा बढी अधिकार स्थानीय सरकार दिइएको जिकिर गरिन्।

उनले जिल्लाभित्रै पनि स्थानीय सरकारहरुबीच समन्वय गरेर कामहरूलाई सहज बनाउन, प्रदेश र सङ्घबीच समन्वय गर्न जिल्ला समन्वय समिति आवश्यक रहेको बताए। अहिले अनुगमन, मूल्याङ्कन र समन्वयलाई मुख्य प्राथमिकतामा राखेर काम हुन नसकेकाले देशैभर समस्या भएको बताइन्।

त्यस्तै कांग्रेस नेता उदयशम्शेर राणाले भूकम्पपीडितहरुको समस्या समाधान हुन अझै बाँकी रहेको र ललितपुरलाई बजेटमा विभेद गरिएको बताए। 

प्रकाशित मिति: १७:११ बजे, मंगलबार, असार २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्