Kathmandu Press

देशको विकास गर्न सबै एकजुट हुनुपर्छ : नेता सिंह

'देश र सामाजिक विकासका काममा राजनीति घुसाउनुहुँदैन, राजनिति गर्ने भनेको चुनावको समयमा हो, बाँकी समय विकासका काममा सबै एकजुट हुनुपर्छ।' 
देशको विकास गर्न सबै एकजुट हुनुपर्छ : नेता सिंह

काठमाडाैं, असार २६ : नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले देशको सेवा र विकासका लागि आम नागरिक एकजुट हुनुपर्ने बताएका छन्। 

बिन्धवासिनी आध्यात्मिक सङ्घद्वारा चन्द्रागिरि  नगरपालिका–१० मा आज आयोजित कार्यक्रममा नेता सिंहले भने, 'देश र सामाजिक विकासका काममा राजनीति घुसाउनुहुँदैन, राजनिति गर्ने भनेको चुनावको समयमा हो, बाँकी समय विकासका काममा सबै एकजुट हुनुपर्छ।' 

नेता सिंहले असल कामको मुल्याङ्कन जनताले गर्ने उल्लेख गर्नुभयो। नेपालमा भनसुनका कारण विकास निर्माणका काम हुने गरेको उल्लेख गर्दै उहाँले आवश्यकताका आधारमा विकास गर्न जरुरी भएको र भनुसुनको हिसाबमा काम गर्ने परिपाटी अन्त्य हुनुपर्ने जिकिर गरे।

कार्यक्रममा कांग्रेस नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले चन्द्रागिरि नगरपालिका–१० मा निर्माणाधीन अवस्थामा रहेको विन्धबासिनी माताको मन्दिर निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा राखे। 

बागमती प्रदेशका पर्यटनमन्त्री पुकार मर्हजनले प्रदेश सरकारले धार्मिक, सांस्कृतिक, पर्यटनलगायत क्षेत्रमा उल्लेख बजेट विनियोजन गर्दैै ती क्षेत्रमा थुप्रै विकासका काम भइरहेको जानकारी दिए। बिन्धबासिनी मन्दिर निर्माणका लागि प्रदेश सरकारको तर्फबाट बजेट विनियोजन गरिने बताए। 

प्रकाशित मिति: १६:३९ बजे, मंगलबार, असार २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्