Kathmandu Press

यस अघि पनि जहाज दुर्घटनामा घाइते बनेका थिए क्याप्टन गुरुङ

२०७६ साल वैशाख १ गते लुक्लाबाट रामेछापका लागि उड्न लागेको समिट एयरको जहाज धावनमार्गबाट चिप्एिर हेलिप्याडमा ठोक्किँदा मनाङ एयरको हेलिकप्टरको ककपिटमा रहेका गुरुङ घाइते बनेका थिए। 
यस अघि पनि जहाज दुर्घटनामा घाइते बनेका थिए क्याप्टन गुरुङ

काठमाडौं, असार २६ : मंगलवार मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेका पाइलट चेतबहादुर (सीबी) गुरुङ यसअघि पनि २०७६ सालमा लुक्ला एयरपोर्टमा जहाज दुर्घटना हुँदा घाइते भएका थिए।

२०७६ साल वैशाख १ गते लुक्लाबाट रामेछापका लागि उड्न लागेको समिट एयरको जहाज धावनमार्गबाट चिप्एिर हेलिप्याडमा ठोक्किँदा मनाङ एयरको हेलिकप्टरको ककपिटमा रहेका गुरुङ घाइते बनेका थिए। 

गम्भीर र घाइते बनेका गुरुङ ३ महिना अस्पतालमा बसेर डिस्चार्ज भएका थिए। एक अनुभवी पाइलट रहेका गुरुङले उडाएको मनाङ एयरको नाइनएन–एएमभी हेलिकप्टर मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लामजुरामा दुर्घटनामा परेको छ। पाँच जना मेक्सिकन नागरिक लिएर उडेको हेकिकप्टरको कमाण्ड ५५ वर्षीय क्याप्टेन सीबी गुरुङले समालेका थिए। चार बर्षअघि मृत्युको मुखबाट जोगिएका उनै गुरुङको मंगलवार सोलुमै हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ। 

उनी विगत १० वर्षदेखि मनाङ एयरमा आवद्ध थिए। यसअघि उनले गोरखा एयर, श्री एयरसहितका कम्पनीका हेलिकप्टर उडाएको अनुभव थियो। लुक्ला नजिकै रहेको सुर्केस्थित हेलिप्याडबाट १० बजेर ५ मिनेट जाँदा उडेको हेलिकप्टर पटक १० बजेर १३ मिनेटमा लुक्ला टावरसँग सम्बन्धमा आएको बताइएको छ। लामजुरा पास पुगेको उक्त हेलिकप्टर त्यसपछि टावरसँग सम्पर्कविच्छेद भएको थियो। 
 
प्रकाशित मिति: १६:०५ बजे, मंगलबार, असार २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्