Kathmandu Press

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो।
हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडाैं, असार २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन्।

सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो। प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धासुमन अर्पण गरेका हुन्।

हेलिकोप्टर दुर्घटनामा परी पाँच जनाको निधन भएको छ। एक जना बेपत्ता छन्। प्रधानमन्त्री दाहालले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। 

प्रकाशित मिति: १६:१३ बजे, मंगलबार, असार २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्