दुर्गा प्रसाईंसँग ३० करोड बार्गेनिङ गर्ने रमेश गुरुङ समातिए
४२ वर्षीय गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडिबाट पक्राउ गरेको हो। गुरुङले प्रसाईंलाई फोन गर्दै धम्क्याउँदै रकम माग गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।
काठमाडौं, असार २६ : झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याउँदै ३० करोड रुपैयाँ मागेको आरोपसहित खोटाङका रमेश गुरुङ पक्राउ परेका छन्। उनी खोटाङ रावाबेंसी गाउँपालिका-१ स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।
४२ वर्षीय गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडिबाट पक्राउ गरेको हो। गुरुङले प्रसाईंलाई फोन गर्दै धम्क्याउँदै रकम माग गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।
गुरुङलाई असार १३ गतेदेखि रकमका लागि धम्क्याएको भन्दै प्रहरीमा उजुरी परेको थियो। रकम नदिए ज्यान लिने धम्की दिएको उजुरीपछि खोजी गर्ने क्रममा गुरुङ समातिएका थिए।
सुरुमा ३० करोडबाट बार्गेनिङ गर्दै ५ करोडमा सहमती भए वमोजिम प्रसाईंले गुरुङलाई कतार भिसा सेण्टर अगाडी डाकेर प्रहरी सहित पुगेका थिए।
त्यसपछि पक्राउ गरी उनलाई हिरासतमा लिइएको छ । गुरुङ ८ वर्ष साउदी अरबमा बसेर आएको पाइएको छ । पक्राउपछि गुरुङको अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।