Kathmandu Press

दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार पाँचजनाको मृत्यु  

घटनास्थलमा पुगेका प्रहरीले जनाए अनुसार अहिलेसम्म ५ वटा शव भेटिएको छ।  उनीहरुको पहिचान हुन बाँकी रहेको छ। अहिले प्रहरीले उद्धारको काम जारी राखेको छ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार पाँचजनाको मृत्यु  

काठमाडौं, असार २६ : मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। हेलिकप्टरमा सवार एक जना बेपत्ता छन्।

घटनास्थलमा पुगेका प्रहरीले जनाए अनुसार अहिलेसम्म ५ वटा शव भेटिएको छ।  उनीहरुको पहिचान हुन बाँकी रहेको छ। अहिले प्रहरीले उद्धारको काम जारी राखेको छ।

मंगलबार बिहान सोलुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। अल्टिच्यूड एयरको अर्को हेलिकप्टर उद्धारका लागि सुरकर्मीसहित दुर्घटनास्थलमा पुगेको छ। 

हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचजना मेक्सिकन नागरिक रहेका छन्। हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा स्थानीयले भेटेका छन्।

सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँ उडेको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर बिहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो। मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार हेलिकोप्टरमा पाइटलसहित छ यात्रु सवार थिए। उनका अनुसार हेलिकोप्टरमा सवार पाँच जना मेक्सिकन नागरिक हुन् ।

ती मेक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक हुन्। हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन।
 

प्रकाशित मिति: १३:१८ बजे, मंगलबार, असार २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्