Kathmandu Press

बाढीपहिरोबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सांसदको माग

आजको बैठकको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको भन्दै मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोका कारण जनताले दुःख पाएकोप्रति सरकारको ध्यानाकर्षण गराए। उनले यसको स्थायी समाधानका लागि सरकारसँग आग्रह गरे।
बाढीपहिरोबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सांसदको माग

काठमाडाैं, असार २६ : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरोबाट हुने जनधनको क्षति न्यूनीकरणका गर्नेदेखि सुर्खेतमा खानेपानी अभावले जनता प्रभावित भएकाेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

आजको बैठकको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको भन्दै मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोका कारण जनताले दुःख पाएकोप्रति सरकारको ध्यानाकर्षण गराए। उनले यसको स्थायी समाधानका लागि सरकारसँग आग्रह गरे।

सांसद तुलप्रसाद विश्वकर्माले जुम्लाको मुकुन्द नेपाली र वसन्ती देवीबीचको प्रेम विवाहलाई लिएर उनका दाजुले मुकुन्दको घरमा आगजनी गरेको, दाङ घोराहीमा दुई विद्यार्थीलाई दलित भन्ने थाहा भएपछि घरबाट निकालिएको र बाँकेमा धनकली सुनारलाई छिमेकी भुवन बुढाले सामान्य विवादमा हातपात गर्ने कामप्रति सरकारको ध्यानाकर्षण गराए। 

सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशको सुर्खेत उपत्यकाका जनताले पानी खान नपाएकाले जनजीवन कष्टकार बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै  र त्यसमा पानी परियोजना तत्काल अघि बढाउन सरकारसँग आग्रह गरे।सांसद नारायणदत्त मिश्रले समयमै मलको पर्याप्त व्यवस्था नहुँदा किसानहरु प्रभावित भएको र कैलालीमा पानी नपर्दा जनता मर्माहत भएकोप्रति सरकारलाई जानकारी गराए।

सांसद नारायणप्रसाद दाहालले असार १५ पछि किसानको धान रोप्ने चटारो हुनुपर्ने अवस्थामा धेरै स्थानमा पानी अभावका कारण धान रोप्न नपाएको उल्लेख गर्दै चितवनका जनताले पनि पानी अभावका कारण धान रोप्न नपाएको बताए।

सांसद मदनकुमारी शाहले देश निर्माण गर्नका लागि अर्थतन्त्र बलियो बनाउनुपर्ने र त्यसका लागि सबैको ध्यान दिनुपर्नेमा जोड दिए।

सांसद सुरेशकुमार आलेमगरले राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ को जनगणनामा पुनलाई मगरबाट र मालीलाई नेवारबाट लगत बनाएर छुट्टै जाति बनाएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल सच्याउन माग गरे। शून्य समयमा सांसद भुवनबहादुर सुनुवारले निजामतीमा दलितका लागि छुट्याइएको आरक्षणका विषय उठान गर्नुभएको थियो।

प्रकाशित मिति: १२:४० बजे, मंगलबार, असार २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्