Kathmandu Press

दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार पाँचैजना मेक्सिकन नागरिक  

हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा स्थानियले भेटेका छन्।
दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार पाँचैजना मेक्सिकन नागरिक  

काठमाडौं, असार २६ : दुर्घटनामा परेको मनाङ एयरको होलिकोप्टरमा सवार यात्रु सबै विदेशी नागरिक रहेको तथ्य पुष्टि भएको छ। हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचजना मेक्सिकन नागरिक रहेका छन्। 

हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा स्थानियले भेटेका छन्।

हेलिकोप्टरमा मेक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेको तथ्य खुलेको छ। 

सुलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान सम्पर्कविहीन भएको थियो। ९ एनए– एमभी कल साइन भएको हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए। 

प्रकाशित मिति: १२:४४ बजे, मंगलबार, असार २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्