मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुकाे लामजुराडाँडामा दुर्घटना भएको आंशका
लिखुपिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले वडा नं. ५ लामजुराडाँडामा हेलिकप्टर दुर्घटना भएको खबर आएको बताइन्।
काठमाडौं, असार २६ : सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको छ।
मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको नाइन एन–एएमभी होलिकोप्टर सम्पर्क बिहीन भएको थियो।
लिखुपिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले वडा नं. ५ लामजुराडाँडामा हेलिकप्टर दुर्घटना भएको खबर आएको बताइन्।
‘त्यहाँ होटल चलाउने एक जनाले फोन गरेर हेलिकप्टर दुर्घटनामा परेको बताउनु भएको छ,’ उनले भनिन्, ‘हेलिकप्टर क्षतविक्षत छ भन्ने छ। विस्तृत विवरण आएको छैन।’
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले हेलिकप्टर खोजीका लागि प्रहरी परिचालन गरिसकिएको बताए।
हेलिकप्टरमा पाँच जना विदेशी र १ जना नेपाली छन्। अन्य यात्रु भने मेक्सिकोका नागरिक रहेको बताइएको छ।
प्रकाशित मिति: १२:२४ बजे, मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











