विद्युतीय व्यापार विधेयक राष्ट्रियस भामा पेस
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मंगलबारको बैठकमा सो विधेयक पेस गरेका हुन्।
काठमाडौं, असार २६ : ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रिय सभामा पेस भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मंगलबारको बैठकमा सो विधेयक पेस गरेका हुन्।
राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री रिजालले विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत गर्दै विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग व्यवसाय गर्नका लागि यसको आवश्यकता भएको बताए।
यसअघि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विधेयकका विषयमा कुनै विरोधको सूचना प्राप्त नभएको जानकारी गराएका थिए।
प्रकाशित मिति: १२:०४ बजे, मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











