सृष्टि बनिन् मिस स्टार युनिभर्स
२२ वर्षीया सृष्टिले शीर्षसहित ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’को सवटाइट समेत हात पारिन्।
काठमाडौं, असार २६ : दुबईमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’को उपाधि सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाईपछि पार्दै उनले उपाधि चुमेकी हुन् ।
२२ वर्षीया सृष्टिले शीर्षसहित ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’को सवटाइट समेत हात पारिन्।
‘मिस स्टार युनिभर्स २०२३’को उपाधि जित्दा निकै खुसी लागेको र देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन आफु सफल भएको सृष्टिले बताइन्। ‘उपाधि जित्ने लक्ष्यसहित सहभागी भएको थिएँ । तयारी पनि त्यस्तै थियो,’ उनले भनिन् ‘अन्तर्राष्ट्रिय प्रतियोगतिामा सहभागी हँुदै गर्दा नभर्स पनि थिएँ। अन्ततः सफलता प्राप्त भयो।’
‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ अन्तर्गत आयोजित ‘मिस स्टार युनिभर्स २०२३’मा उनलाई ग्रिनआर्ट मिडियाले ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ ताज सहित पठाएको थियो ।
कार्यक्रममा ‘मिसेस स्टार युनिभर्स २०२३’ तर्फ नेपाली जोया बुढाथोकी सहभागी थिइन् । उनले भने प्रतियोगीतामा ‘मिसेन ब्युटिफुल बडी’को उपाधि हात पारिन्।
कार्यक्रममा अवार्ड तर्फ सहभागी फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ले आआफ्नो बिधामा अवार्ड हात पारे।
होटल ब्रिस्टल दुआबीमा आयोजित कार्यक्रममा डा. बु. अब्दुला, बलिउड सेलिब्रेटी आफताब शिवदासानी लगायतले विजेतलाई ताज लगाइदिएका थिए।












