सोलुखुम्बुबाट काठमाडौं उडेको हेलिकप्टर सम्पर्कविहीन
मनाङ एयरको उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेकाे बताइएकाे छ।
काठमाडौं, असार २६ : सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो।
मनाङ एयरको उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेकाे बताइएकाे छ।
मनाङ एयरका अनुसार १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टरको खोजी कार्य जारी रहेको छ ।
‘मनाङ एयरको हेलिकोप्टर सम्पर्कबिहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भने।
प्रकाशित मिति: ११:०५ बजे, मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











