अर्थ मन्त्रीले भने, ‘उद्योगीहरु उल्टो बाटो हिंडेकाले समस्या’
काठमाडौं, फागुन ६ : अर्थ मन्त्री युवराज खतिवडाले बैंकको व्याजदर सरकारले तोक्न नमिल्ने भन्दै बैंकिंग र उद्योगी दुबै नीजि क्षेत्र मिलेर जान सुझाव दिएका ....
काठमाडौं, फागुन ६ : अर्थ मन्त्री युवराज खतिवडाले बैंकको व्याजदर सरकारले तोक्न नमिल्ने भन्दै बैंकिंग र उद्योगी दुबै नीजि क्षेत्र मिलेर जान सुझाव दिएका छन् ।
सोमबार अर्थ मन्त्रालयमा बैंकको व्याजदरका विषयमा भएको छलफलमा उनले दुबै पक्ष अनुशासित भएर व्यवसायमा लाग्न पनि सुझाव दिएका छन् ।
उनले दुबै सुल्टो बाटोतर्फ अघि बढ्नुपर्ने बताउँदै व्यवसायिकतालाई केन्द्रमा राखेर अघि बढ्न दुबै पक्षलाई आफुले सुझाव दिएको बताए । ‘व्यवसायीहरु उल्टो बाटो हिंड्दा समस्या भएको हो,’ छलफलपछि अर्थ मन्त्री खतिवडाले काठमाडौँ प्रेससँग भने ।
बैंकको व्याजदरको समस्या उद्योगी र बैंकरनै बसेर सल्टाउनु पर्ने अर्थ मन्त्रीको भनाई थियो । उनले बैंकरसँग छलफल नगरी सरकार गुहारेर समस्या समाधान नहुने धारणा दुबै पक्षबीच भएको छलफलमा राखेका थिए ।
‘पहिले बैंकरसँग छलफल गर्ने, नसुने राष्ट्र बैंक त्यसपछि अर्थमन्त्री हुँदै प्रधानमन्त्री र प्रधानमन्त्रीले पनि नसुने सडकमा जानु पर्ने हो,’ अर्थ मन्त्रीको भनाई उदृत गर्दै छलफलमा सहभागी एक प्रतिनिधिले भने, ‘तर व्यवसायीहरु सडकबाट प्रधानमन्त्री र प्रधानमन्त्रीबाट अर्थ मन्त्री हुँदै राष्ट्र बैंक गएकोले समस्या आएको हो ।’