भारतको सिमलामा पहिरोमा परी तीन नेपालीको मृत्यु
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ खहरे, टुमीबोटका दीपबहादुर वली, श्रीमती भीमा वली र छोरा मोहन वलीको पहिरोमा परी मृत्यु भएको हो ।
काठमाडौं, असार २६ : भारतको हिमाचल राज्यको सिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ ।
सिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको हो। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ खहरे, टुमीबोटका दीपबहादुर वली, श्रीमती भीमा वली र छोरा मोहन वलीको पहिरोमा परी मृत्यु भएको हो ।
केही दिनयता हिमाचललगायत उत्तर भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढीरपहिरोले जनधनको क्षति गरेको छ।
प्रकाशित मिति: ०८:०२ बजे, मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











