बैतडी बस दुर्घटना अपडेटः घाइते २६ जनाको अवस्था गम्भीर
‘घाइते ४१ जनालाई डडेल्धुरा रेफर गरेका छौँ, तीमध्ये २६ जनाको अवस्था गम्भीर छ । १५ जना मध्यम अवस्थामा छन्।’
बैतडी, असार २५ : बैतडीको मेलौलीमा सोमबार दिउँसो भएको बस दुर्घटनामा घाइते भएका २६ जनाको गम्भीर रहेको बताएको छ।
पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु२ख २०११ नम्बरको पवनदूत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको हो। सो दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको मृत्यु भएको थियो भने ४१ जना घाइते भएका थिए।
घाइते ४१ जनामध्ये २६ जनाको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। उनले भने, ‘घाइते ४१ जनालाई डडेल्धुरा रेफर गरेका छौँ, तीमध्ये २६ जनाको अवस्था गम्भीर छ । १५ जना मध्यम अवस्थामा छन्।’
ओरालो सडकमा अनियन्त्रित भएर सडक दुर्घटनामा परेको हो । सडकबाट चार सय मिटर तल खसेर बस रुखमा अड्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रकाशित मिति: १८:४५ बजे, सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











