Kathmandu Press

बैतडीमा यात्रु बस दुर्घटना, एक जनाको मृत्यु, ३९ जना घाइते

पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।
बैतडीमा यात्रु बस दुर्घटना, एक जनाको मृत्यु, ३९ जना घाइते

बैतडी, असार २५ : बैतडीको मेलौलीमा सोमबार दिउँसो भएको यात्रुबहाक बस दुर्घटना भएको छ।

पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।

सो दुर्घटनामा बैतडी पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको मृत्यु भएको प्रहरीले जनाएके छ। भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १६ जनालाई डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:२० बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्