प्रधानमन्त्रीले स्पष्टीकरण दिँदै भने– थोरै भावनामा आएँ
‘छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो । म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड। त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु को बुबा भएर बोलेँ।’
काठमाडौं, असार २५ : प्रधानमन्त्री पुष्पकमल दाहालले आफू भावनात्मक भएको बताउँदै पुस्तक विमोचनमा भावनामा आएको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठका आफ्नो स्पष्टीकरण दिँदै प्रधानमन्त्री दहालले आफू भावनात्मक रहेकैले प्रितम सिंहको किताब विमोचन कार्यक्रममा बोलेको स्पष्ट पारे।
‘म अलिकति भावनात्क छु । म थोरै भावनामा आएँ। मनमा आएँ,’ उनले भने, ‘आफूले देशलाई हानि हुने गरी कुनै काम नगरेको छैन।’
प्रधानमन्त्रीले आफू यस तहको भावुकता ठिक नभएको निष्कर्षमा पुगेको पनि बताए । उनले नियत सफा छ भने भित्र र बाहिरका अभिव्यक्ति समान हुने गरेको बताए।
उनले आफूले प्रधानमन्त्रीका रूपमा नभएर एक बुवाको रूपमा सो कार्यक्रममा बोलेको स्पष्टीकरण दिए। ‘छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो । म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड। त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु को बुबा भएर बोलेँ।’
उनले प्रीतम सिंहले २०६७ सालतिर आफ्नो छोरीको उपचार भारतमा गर्ने बेलामा निकै सहयोग गरेको र स्वर्गीय छोरा प्रकाश दाहालको सम्बन्धका कारण उनको निवासमा बसेर छोरीको उपचार गराएको स्मरण गरे।











