Kathmandu Press

‘नैतिकता छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’

उनले भने, ‘नैतिकता भन्ने चिज जीवित छ भने उहाँले राजीनामा दिनुपर्छ। यो दबाबले मागिने कुरा होइन।’ उनले तत्कालीन कानून मन्त्री शेरबहादुर तामाङले नैतिकताको आधारमा राजीनामा दिएको पनि स्मरण गराए।
‘नैतिकता छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं, असार २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष सांसद राजेन्द्र लिङ्देनले नैतिकता भए प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको राजीनामा मागे । उनले भने, ‘नैतिकता भन्ने चिज जीवित छ भने उहाँले राजीनामा दिनुपर्छ। यो दबाबले मागिने कुरा होइन।’ उनले तत्कालीन कानून मन्त्री शेरबहादुर तामाङले नैतिकताको आधारमा राजीनामा दिएको पनि स्मरण गराए।

आकस्मिक समयमा बोल्दै उनले आफूहरूले गलत कदमको विरोध गर्दा प्रधानमन्त्रीको प्रेस संयोजकबाट गलत अभियोग लगाउन खोजिएको बताए।

‘बाबुराम भट्टराईले सरकारबाट निस्केर चाबी बाहिर रहेछ भन्नुभयो। अहिले बहालवाला प्रधानमन्त्रीले पटकपटक दिल्ली गएर मलाई प्रधानमन्त्री बनाउन प्रयास भयो भन्नु सानो कुरा होइन,’ उनले भने, ‘प्रधानमन्त्रीसँग अलिकति पनि नैतिकता छ भने राजीनामा दिनुपर्छ।’

प्रकाशित मिति: १६:५५ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्