Kathmandu Press

प्रधानमन्त्रीलाई गोकुल बास्कोटाको प्रश्न– के लेन्डुप बिर्साउन खोज्नु भएको हो?

उनले भने, ‘एक माघले जाडो जाँदैन। प्रधानमन्त्रीले यहाँ बसेर कोसीका बारेमा निर्णय गराउनुभयो। त्यहाँ राजनीतिक कू भयो। लेन्डुपलाई बिर्साउन खोजेको हो ?’
प्रधानमन्त्रीलाई गोकुल बास्कोटाको प्रश्न– के लेन्डुप बिर्साउन खोज्नु भएको हो?

काठमाडौं, असार २५ : एमाले सांसद् गोकुल बास्कोटाले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै ‘के लेन्डुप बिर्साउन खोज्नुभएको हो ?’ भन्द्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन्।

प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै उनले प्रधानमन्त्रीको व्यहवारप्रति आपत्ति जनाउँर्दै एक माघले जाडो नजाने चेतावनी दिए। उनले भने, ‘एक माघले जाडो जाँदैन। प्रधानमन्त्रीले यहाँ बसेर कोसीका बारेमा निर्णय गराउनुभयो। त्यहाँ राजनीतिक कू भयो। लेन्डुपलाई बिर्साउन खोजेको हो ?’

बास्कोटालाई आफ्नो देशको प्रधानमन्त्री कहिले पनि कमजोर होस् भन्ने नचाहेको बताएका छन्। उनले आन्तरिकरूपमा जेसुकै भएपनि प्रधानमन्त्री सार्वभौम हुनुपर्ने बताए।

‘तपाईंले तीरंगा उचाल्ने कि चन्द्रसूर्य झण्डा उचाल्ने संसदमा भन्नुपर्‍यो । हाम्रो प्रधानमन्त्री हामीले बनाएको भन्ने विश्वास दिलाउनुपर्‍यो,’ उनले भने, ‘यो जनता दुस्खी र सर्वभौम सत्तामाथि हमला हुने कुरा र प्रधानमन्त्रीको निरन्तर मौनता हाम्रो लागि स्वीकार्य भएन। देशको लागि स्वीकार्य भएन। चारतारे लालतारे झण्डलाई जेसुकै होस् तर चन्द्र सूर्यको लागि स्वीकार्य भएन।’

उनले प्रधानमन्त्रीलाई सके देशको लागि उभिन आग्रह गर्दै सत्ता स्वार्थको लागि देशको सार्वभौमसत्ता नसाटिने बताए । उनले यही अवस्थामा अगाडि बढ्ननसकिने बताए।

प्रकाशित मिति: १६:३६ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्