कोशी प्रदेश विवादको रिट सोमवार पनि हेर्न नभ्याइने
रिटमाथि सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सोमबार सुनुवाइको पेसी तोकिएको थियो।
काठमाडौं, असार २५ : कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ सोमवार पनि हेर्न नभ्याइनेमा परेको छ।
रिटमाथि सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सोमबार सुनुवाइको पेसी तोकिएको थियो।
अब सुनुवाइका लागि पुनः मंगलबारका लागि पेसी तय भएको छ। आइतबार पनि उक्त रिट हेर्न नभ्याइमा परेकने थियो।
कोशीका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानविपरीत सरकार गठन भएको दाबीसहित रिट दायर गरेका हुन्।
प्रकाशित मिति: १६:१९ बजे, सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार