Kathmandu Press

एमालेले संसद अवरोध नगर्ने

शीर्ष नेताको बैठकपछि संसद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले नै सदनमा अवरोध नगर्ने निर्णय गरेको हो।
एमालेले संसद अवरोध नगर्ने

काठमाडौं, असार २५ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभामा अवरोध गर्ने भएको छ। शीर्ष तीन नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आत्ममालोचनाहित संसद्लाई सम्बोधन गर्ने भएपछि एमालेले संसद् अवरोध नगर्ने भएको हो।

शीर्ष नेताको बैठकपछि संसद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले नै सदनमा अवरोध नगर्ने निर्णय गरेको हो। एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे आत्मालोचना गर्ने अपेक्षासहित संसद् खोल्ने निर्णय गरेको जानकारी दिए।

प्रधानमन्त्री दाहालले असार १८ गते एक कार्यक्रममा दिएको अभिव्यक्तिको विरोध गर्दै एमालेले प्रधानमन्त्री राजीनामा माग्दै संघीय संसद्को दुवै सदनमा अवरोध गर्दै आएको छ।

प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। तर, चार बज्नै लाग्दा पनि बैठक सुरु हुन भने सकेको छैन।

प्रकाशित मिति: १५:५३ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्