प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने
सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफल पछि प्रधानमन्त्री दहालले आफूले संसदमा सम्बोधन गर्ने बताए।
काठमाडाैं, असार २५ : प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। आज ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले दाहालले सम्बोधन गर्ने भएका हुन्।
आफ्नो अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरुले संसद अबरुद्ध गरेपछि सो अवरोध खुलाउन प्रधानमन्त्रीले एमाले र कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका थिए। सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफल पछि प्रधानमन्त्री दहालले आफूले संसदमा सम्बोधन गर्ने बताए।
प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै गर्दा उनले भने, ‘संसद् जाँदै छु। मैले सदनमा सम्बोधन गर्छु।’
शीर्ष नेताबीच छलफलमा संसद खुलाउनेबारे सहमति भए–नभएको आधिकारिक जानकारी आएको छैन। यसअघि एमाले अध्यक्षले ‘पार्लियामेन्टमा थाहा हुन्छ’ भन्ने प्रतिक्रिया दिएका थिए।
यसबारे आधिकारिक निर्णय गर्न एमालेले संसद् भवनमा अहिले संसदीय दलको बैठकसमेत बोलाएको छ। प्रधानमन्त्री दाहालले असार १८ गते एक कार्यक्रममा दिएको अभिव्यक्तिको विरोध गर्दै एमालेले संघीय संसद्को दुवै सदनमा अवरोध गर्दै आएको छ ।











