शीर्ष नेताको बैठकपछि ओलीले भने- पार्लियामेन्टमा थाहा हुन्छ
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सकिएको छ ।
काठमाडौं, असार २५ : संसद्मा देखिएको गतिरोध अन्त्यका लागि बसेको तीन दलका शीर्ष नेताबीचको छलफल सकिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सकिएको छ ।
छलफलपछि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँगै प्रधानमन्त्री कार्यालयबाट बाहिरिएका थिए। तीन नेताबीचको छलफलमा संसद्को अवरोध हटाउने विषयमा सहमति भयो–भएन भन्ने विषयमा बाहिर आइसकेको छैन।
तर, प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै गर्दा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले सञ्चारकर्मीहरुलाई संसद् अवरुद्ध हुन्छ–हुँदैन भन्ने विषयमा ‘पालिएयामेन्ट’मै थाहा हुने प्रतिक्रिया दिएका छन्।
छलफलमा अवरोध खुलाउन एमाले सकारात्मक भएको नेताहरुले बताएका छन्। आजकाे बैठकमा प्रधानमन्त्रीले सम्बाेधन गर्ने बताइएकाे छ।
गत असार १८ गते प्रधानमन्त्रीले एिको व्यभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेलगायत अन्य प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका छन्।
संसद्को गतिरोध अन्त्यका लागि आइतबार पनि तीन दलका शीर्ष नेताहरूले छलफल गरेका थिए । छलफलमा संसद्मा प्रधानमन्त्री आत्मालोचना गर्ने र संसदको गतिरोध अन्त्य गर्ने सहमति भएको थियो। तर, बैठकको अन्त्यमा सहमति फेरि भाँडिएको थियो।
प्रतिनिधिसभाको बैठक आज ३ बजेका लागि बोलाइएको छ।











