संसदको गतिरोध अन्त्यका लागि शीर्ष नेता फेरि छलफलमा
आइतवार तीन नेताबीच प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने र एमालेले संसदको अवरोध हटाउने सहमति भए पनि कार्यान्वयन हुन नसकेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित गरेका थिए।
काठमाडौं, असार २५ : नेकपा एमालेले जारी राखेको संसदको अवरोध खुलाउने विषयमा तीन शीर्ष नेता छलफल गर्दैछन्।
प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच सोमबार दिउँसो १ बजे सिंहदबारमा छलफल गर्ने तय भए वमोजिम शिर्ष नेता वैठकमा पुग्दैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले संसदमा गतिरोध उत्पन्न गर्दै आएको छ।
आइतवार तीन नेताबीच प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने र एमालेले संसदको अवरोध हटाउने सहमति भए पनि कार्यान्वयन हुन नसकेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित गरेका थिए।
गत १८ असारमा प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन समारोहमा भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि विवादको रुप लिएको थियो। त्यसपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएको छ।