Kathmandu Press

‘वान एक्स बेट’को अभियोगमा ११ जनासँग बयान लिइँदै

पक्राउ गरी मुद्दा चलाइएका ११ जनाको बयान शुरु भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुलाई तीन देखि ११ वर्षसम्म कैद सजाय माग गरेको छ।
‘वान एक्स बेट’को अभियोगमा ११ जनासँग बयान लिइँदै

काठमाडाैं, असार २५ : अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’को अभियोगमा मुद्दा चलाइएको कलाकार र युट्युवरको जिल्ला अदालत काठमाडौंमा बयान शुरु भएको छ।

पक्राउ गरी मुद्दा चलाइएका ११ जनाको बयान शुरु भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुलाई तीन देखि ११ वर्षसम्म कैद सजाय माग गरेको छ।

उक्त प्रकरणका कैलालीको लम्किचुहा नगरपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका, ७ चावाहिल बस्ने २८ वर्षीय दिनेश खड्का मुख्य योजनाकारका रुपमा रहेको अभियोग दाबी छ । अनलाइन जुवा प्रकरणमा खड्काकी पत्नी अनिता धितालविरूद्ध पनि अभियोगपत्र दर्ता भएको छ।

खड्का र धितालले क्रिप्टो करेन्सीको बित्तिय कारोबार कुल बिगो ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ गरी सट्टाबाजि गराउने गरेको र आफू उपरको प्रमाण दबाउने कार्य गरेको देखिएकोले उक्त बिगो जफत गरी सजाय गर्न माग गरिएको छ।

अनलाइन जुवा खेलाउन एकै व्यक्तिले १२ जनाको नामबाट ६३ वटा बैंक खाता खोलेको तग्य प्रहरीले अनुसन्धानबाट फेला पारेको छ । खड्कासहितका केही व्यक्ति वान एक्स बेटको एजेन्ट भएर कारोबार गर्न गरेको आरोप समेत लगाइएको छ ।

कलाकारसहित युट्युबरलाई पनि मुद्दामा प्रतिवादी कायम गरिएको छ । उनीहरुविरुद्ध विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा (१) बमोजिम कसुर गरेको अभियोग छ।

यी अभियुक्तहरुको आजदेखि जिल्ला अदालत काठमाडौंमा बयान सुरु भएको छ। बयान सकिएपछि थुनछेक बहस हुने जनाइएको छ ।

पक्राउ परेकाध्ये रोल्पा नगरपालिका ६ घर भई हाल कीर्तिपुर बस्ने  युट्युबर २४ वर्षीय जलन घर्तीमगर, उदयपुर घर भई हाल ललितपुरको महालक्ष्मीथान बस्ने युट्युबर २८ वर्षीय एलिश राई, मुगु घर भई हाल ललितपुरको टीकाथली बस्ने १९ वर्षीय गणेश देवकोटालाई पनि प्रतिवादी कायम गरिएको छ।

 

प्रकाशित मिति: १३:२२ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्