Kathmandu Press

नगरप्रमुखको विरोधमा मिर्चैयामा प्रदर्शन, राजमार्ग अवरुद्ध

नगरपालिकाले घर भत्काएपछि जानकारी गराउन जिल्ला प्रशासन कार्यालय पुगेका पीडित पक्षलाई मिर्चैया नगरपालिकाका प्रमुखले दुर्व्यवहार गरेको भन्दै स्थानीयले सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरेका हुन्।
नगरप्रमुखको विरोधमा मिर्चैयामा प्रदर्शन, राजमार्ग अवरुद्ध

सिरहा, असार २५ : नगरप्रमुखले दुर्व्यवहार गरेको भन्दै स्थायीनले मिर्चैयामा प्रदर्शन गरेका छन्।  

नगरपालिकाले घर भत्काएपछि जानकारी गराउन जिल्ला प्रशासन कार्यालय पुगेका पीडित पक्षलाई मिर्चैया नगरपालिकाका प्रमुखले दुर्व्यवहार गरेको भन्दै स्थानीयले सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरेका हुन्।

प्रदर्शनका कारण राजमार्ग अवरुद्ध भएको छ। बिहान १० बजेबाट गरिएको राजमार्ग अवरुद्धका कारण लामो तथा छोटो दुरीका सवारीसाधन पूर्वतर्फ चोहर्वामा रोकिएका छन्। पश्चिमतर्फ भने मिर्चैया नजिक पुलमा रोकिएको छ।

जिल्ला प्रशासन कार्यालय पुगेका पीडित मेयर श्रवणकुमार यादवले दुर्व्यवहार बताइएको छ।  मेयर यादवको कार्यशैलीको विरुद्ध राजमार्ग अवरुद्ध गर्न बाध्य भएको आन्दोलनकारी ले बताएका छन्।

मिर्चैया नगरपालिकाले साबिक गाविस रामनगर–२ (क) कित्ता नम्बर २५६ र २ (क) कित्ता नम्बर ६० को जग्गामा बनेका संरचना नेपाल सरकारको जग्गामा रहेको भन्दै करिब ३७ घर माघ २७, फागुन ११ र १९ गते तोडफोड गरी भत्काएको थियो।

 कित्ता नम्बर २५६ र ६० अहिले नगरपालिकाको ५ नम्बर वडामा पर्छ। नगरपालिकाले आफूहरूको बस्ने तथा व्यवसाय गरेर बाँच्ने सुनिश्चितता नै नगरी चालेको कदमले बेघर बनेको, व्यापार–व्यवसाय बन्द हुँदा रोजीरोटीको आधार नै गुमेको लगायतका दुखेसो पीडितहरूको छ।

गत चैत २७ गतेदेखि संघर्षमा उत्रिएका उनीहरुले बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपूर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिइनुपर्ने लगायत माग गर्दै आएका छन्।

सडक विस्तारमात्र होइन नगरपालिकाले सडकमै नपरेको बजार क्षेत्रको १७ घरधुरी बहाल बिटौरी, ऐलानी जग्गा भएको भन्दै भत्काइदिएको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: १३:१७ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्