Kathmandu Press

कोशी प्रदेश सरकारविरुद्धको रिट माथेमाको इजलासमा

कोसी प्रदेशमा गत बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा एमालेका तर्फबाट रिट दायर भएको थियो।
कोशी प्रदेश सरकारविरुद्धको रिट माथेमाको इजलासमा

काठमाडौं, असार २५ : कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलास तय भएको छ।

कोसी प्रदेशमा गत बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा एमालेका तर्फबाट रिट दायर भएको थियो। संविधानविपरीत सरकार गठन भएको दाबी सहित कोसी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।

हालै नियुक्त भएका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाउँदै रिट दायर भएको हो। आइतबार रिट ‘हेर्न नभ्याइने’ भएपछि सोमबारका लागि पेशी सरेको थियो।

 

प्रकाशित मिति: १२:०२ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्