Kathmandu Press

राष्ट्रिय सभाको बैठक स्थागित, मंगलबारका लागि बोलाइयो

आज ११ बजेर १ मिनेटमा बस्ने भनिएको बैठक विशेष कारणबश मंगलबारका लागि सारिएको सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमको भनाइ छ।
राष्ट्रिय सभाको बैठक स्थागित, मंगलबारका लागि बोलाइयो

काठमाडाैं, असार २५ : आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थागित भएको छ। प्रमुख प्रतिपक्षी दलको अवरोध कायमै रहेकाले बैठक सूचनाटाँस गरेर स्थागित भएको हो।

आज ११ बजेर १ मिनेटमा बस्ने भनिएको बैठक विशेष कारणबश मंगलबारका लागि सारिएको सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गरेका हुन्।

प्रकाशित मिति: ११:३६ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्