Kathmandu Press

पृथ्वी राजमार्गको अतिक्रमित संरचना हटाउँदै पोखरा महानगर

एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको भए पनि अटेरी गरेकालाई हटाउन लागिएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिए।
पृथ्वी राजमार्गको अतिक्रमित संरचना हटाउँदै पोखरा महानगर

कास्की, असार २५ : पृथ्वी राजमार्गअन्तर्गत पोखरा पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ (२३ मिटर) मापदण्डभित्र परेका संरचना हटाउन थालेको छ। पोखरा महानगरपालिकाले डोजर लगाएर सोमबारदेखि ती संरचना हटाउन सुरु गरेको छ।

एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको भए पनि अटेरी गरेकालाई हटाउन लागिएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिए। उनकाअनुसार स्थायी–अस्थायी गरेर ६० भन्दा संरचनामा डोजर चलाउन लागेको हो।

‘बाटोका लागि एडीबीको टिम पर्सि आउँदैछ। त्योभन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर महानगरले सहजीकरण गर्न लागेको हो,’ मेयर आचार्यले भने ।

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यो राजमार्गलाई विस्तार गरेर ४ लेन बनाउन लागिएको हो।

 

प्रकाशित मिति: ११:२५ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्