Kathmandu Press

राष्ट्रिय सभाको बैठक बस्दैं 

 गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका थिए । 
राष्ट्रिय सभाको बैठक बस्दैं 

काठमाडौ, असार २५ : राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण आइतबार बसेको आजसम्मको लागि बैठक स्थगित भएको थियो ।  गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका थिए । 

तिमिल्सिनालेले सत्तापक्ष दल र प्रतिपक्ष दलबीच छलफल गरेर संसद् सुचारु गर्ने विषयमा सहमति गर्न आग्रह गरेका छन् । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुने कार्यतालिका तय छ ।

जसअनुसार बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने बताइएको छ । 

साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेटमाथि पनि छलफल हुनेछ । 

प्रकाशित मिति: ०८:३५ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्