Kathmandu Press

‘प्रधानमन्त्रीको राजीनामाको हाम्रो अडान कायमै छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको स्वाभिमान, स्वाधिनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य नहुने उनले बताए ।
‘प्रधानमन्त्रीको राजीनामाको हाम्रो अडान कायमै छ’

काठमाडाैं, असार २४ : एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले दाहालले राजीनामा दिनुपर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएका छन्।

प्रमुख सचेतक गिरीले प्रमुख तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको स्वाभिमान, स्वाधिनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य नहुने उनले बताए ।

गिरीले प्रधानमन्त्री दाहालले आफूले दिएको अभिव्यक्तिप्रति संसद्‌मा उभिएर माफी मागे संसद् सुचारु गराउन भने सकिने धारणा राखे। नेपाल राष्ट्र र नेपाली जनताको शिर निहुारिने गरी गम्भीर प्रकृतिको गल्ती भएकाले प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने पार्टीको अडान रहेको उनको भनाइ थियो।

प्रमुख सचेतक गिरीले विकसित देशहरुमा त्यहाँका कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएको भए तत्क्षण नै राजीनामा दिइसकेको हुने जिकिरसमेत गरे।

प्रकाशित मिति: १९:०९ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्