मिटरव्याज पीडितलाई सरकारले हरहालतमा न्याय प्रदान गर्छ : मन्त्री श्रेष्ठ
आइतबार मिटरव्याज पीडितको धर्नास्थल बानेश्वरमा पुगेर श्रेष्ठले समाजमा मिटरव्याज पीडितलाई न्याय दिने आन्दोलन नरोकिने र हर हालतमा न्याय प्रदान गर्ने स्पष्ट पारेका हुन्।
काठमाडाैं, असार २४ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याज पीडितलाई हरहालतमा न्याय प्रदान गर्ने स्पष्ट पारेका छन्।
आइतबार मिटरव्याज पीडितको धर्नास्थल बानेश्वरमा पुगेर श्रेष्ठले समाजमा मिटरव्याज पीडितलाई न्याय दिने आन्दोलन नरोकिने र हर हालतमा न्याय प्रदान गर्ने स्पष्ट पारेका हुन्।
पीडितहरुलाई न्याय दिनको लागि अध्यादेश ल्याएको र अध्यादेशको अवधि सकिएको कारणले निष्क्रिय भएको उनले बताए।
उनले विधयेक संसदमा रहेको र अस्वीकृत नभएको भन्दै उहाले विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाउने र कानून बनाइछाड्ने प्रतिबद्धता जनाए। श्रेष्ठले मिटरव्याज पीडित सम्बन्धी आयोगको काम नरोकिने स्पष्ट पारे।
उनले मिटरव्याज सामान्ती शोषणको निकृष्ट अवशेष भएकाले शोषणको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए।
प्रकाशित मिति: १८:३८ बजे, आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार